मन्त्रालयलाई आफुले सिष्टमका आधारमा चलाउने उनले बताएका छन् ।
प्रहरीलाई मेरो कुनै हस्तक्षेप हुँदैनः रवि लामिछाने



काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई मेरो सहयोग बाहेक कुनै पनि हस्तक्षेप हुँदैन,’ उनले भने । अन्यायमा परेका जनतालाई गृह मन्त्रालयमार्फत धेरै सहयोग गर्न सकिने भएकाले आफुले गृह रोजेको उनको बताए ।
राम्रो काम गर्ने सम्झौता गरेर आफु सरकारमा आएको उनले बताए । सरकारले छिट्टै साझा अवधारणापत्र सार्वजनिक गरिने उनको भनाई छ ।