एमाले अध्यक्ष ओली आज झापा जाँदै



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्।
बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा जान लागेका हुन्। श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड–७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए।
तुलसी संग्रौला ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता हुन् । तीन वर्ष अघि समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन्।