भ्रष्ट आचरणका प्रहरी थर्कमान !



काठमाडौं ।
भ्रष्ट आचरणका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले निगरानी बढाएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गोप्य टोलीहरु पठाएर निगरानी गर्न थालेको स्रोत बताउँछ ।
प्रहरी प्रधान कार्यालयकै टोलीले गत आइतबार बुटवलका डिएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध उजुरी परेपछि महानिरीक्षक सिंहले सिआइबीबाट गोप्य टोली पठाएर उनलाई पक्राउ गराएका हुन् । सूचनाअनुसार नै उनको डेराबाट सुन र नगद फेला परेको छ । उनले बुटवलमा हुँदा एक करोड भन्दा धेरै असुलेको स्रोत बताउँछ । कांग्रेस नेता रामकृष्ण खाणसँग मिलेर उनले यस्तो आतंक मच्चाएका हुन् ।
तराईका जिल्लामा नेताको पावरमा गएका अन्य धेरै प्रहरी अधिकारी असुलीमा लागेका छन् । उनीहरुमाथि पनि छानबिन भइरहेको स्रोत बताउँछ । विगतमा राजनीतिक दबाबका भरमा रोकिएका छानबिन पनि अघि बढेको छ ।
एकातर्फ आइजिपी आक्रामक बनेका छन् भने अर्काेतर्फ गृह मन्त्रालयमा पनि जोशिला रबि लामिछाने आएका छन् । जसकारण प्रहरीमा भ्रष्ट अधिकृतहरु थर्कमान भएका छन् । अब संगठनमा इमान्दार र क्षमतावान प्रहरीले अवसर पाउने सम्भावना बढेको छ ।दृष्टिन्युजवाट