सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ३ दिनमा बालुवाटार सरेका छन् । निजी निवास खुमलटारबाट बुधवार साझ बालुवाटारमा प्रचण्ड सरेका हुन् ।
यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचण्ड १०÷१० महिना गरी २० महिना बालुवाटार बसिसकेका छन् । आइतवार प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले खुमलटारमै बसेका थिए ।
देउवा बुधवार नै महाराजगञ्जको भाडाको घरमा सरेका छन् । आफ्नो निजी निवास मर्मत सम्भार भइरहेकाले देउवा भाडाको घरमा बसेका हुन् ।