जिपसँग मोटरसाइकलमा ठोक्किँदा रौतहटमा सवार २ जनाको मृत्यु



रौतहट ।
रौतहटमा शनिबार साँझ जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षका गौकरण यादव रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए र सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।