ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु



नेपालगंज ।
शनिबार दिउसो ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ट्रक भने प्रहरी नियन्त्रणमा रहेको छ ।