सरकारमा सहभागी हुन जसपाका तीन सर्त
काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन तीन सर्त राखेको छ । मंगलबार काठमाडौंमा समपन्न राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा सर्त पुरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
पहिलो– संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिक विचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका यी मूलभुत सिद्दान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल हुने गरी सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम आएमा ।
दोस्रो– जसपाले नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति हुने अवस्था देखिएमा । र तेस्रो– शक्ति बाँडफाँड सम्मानजनक भएको अवस्थामा सरकारमा सहभागी हुन सकिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
पुस १० गते नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसमा जसपाले पनि समर्थन गरेको छ । आम निर्वाचन अघि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको जसपा शक्ति बाँडफाटमा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएर एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेल गर्न पुगेको थियो ।