गृहमन्त्रीलाई डिआइजीको चुनौती


  • गृहमन्त्रीलाई डिआइजीको चुनौती
  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यसविपरीत भेटेको पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए ।
    तर, उनको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् । तर, कसैलाई पनि कारबाही हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुगेका हुन् । विवादापस्पद पृष्ठभुमीका नेता ढकाल एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेका हुन् । उनै नेता ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । यसरी प्रहरीले गृहमन्त्री बाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन पाउने व्यवस्था छैन । तर, ढकालले भने गृहको निर्देशन लत्याउदै नेताको चाकडीमा लागेका छन् । अन्य प्रहरी अधिकारीहरुले पनि गोप्य रुपमा बढुवाका लागि नेतालाई भेटिरहेको स्रोत बताउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *