प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने
काठमाडौं ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ ।
गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । बैठकपछि उनले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए । मन्त्रालय फुटाउने छलफल नभए पनि गृहमन्त्रीले लामिछानेले जानकारी दिए । उनले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’