राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन उपप्रधान सहित उर्जा मन्त्री बन्ने



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अब, लिङदेन उपप्रधानमन्त्री बन्ने छन् ।
सरकारमा सहभागी हुन लागेको राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, उपप्रधानसहित ३ मन्त्रालयसम्म पाउने सम्भावना रहेको बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।
अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिएका छन् । उनले भने– ‘सत्तारुढ दलबीच भागबन्डा हुँदा बाँकी रहेका मन्त्रालयमध्ये अध्यक्षज्यूले ऊर्जा मन्त्रालयमा रुची राख्नु भएको छ । उहाँ उपप्रधानसहित ऊर्जामन्त्री नै हुने सम्भावना छ ।’