माओवादी नेता वर्षमान पुन अस्पताल भर्ना
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
उनको अहिले ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । वंशाणुगत जन्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए । स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए ।