आजवाट कालिञ्चोक दर्शनको आईपीओको बिक्री खुला



काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ । आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ ।
सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।