विमान दुर्घटनाप्रति चीनद्वारा दुःख व्यक्त



काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति चीनले दुःख प्रकट गरेको छ ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले विमान दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरका हुन् ।