राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत


  • राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभा प्रमुख सचेतक मनोनीत गरेको छ । पार्टी संसदीय दलको विधानअनुसार अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । राप्रपा प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्य विजयी भएका थिए । यसअघि शाही मन्त्री हुने चर्चा थियो । तर, मन्त्रीमा नअटाएपछि उनलाई सचेतक बनाइएको हो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *