कांग्रेसले सभामुखमा उम्मेदवारी दिने



काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीस्थित बसेको कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन ।
दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।