माघ १३ गतेदेखि आईपीओ निष्काशन गर्दै माया खोला हाइड्रोपावर



काठमाडौं ।
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता एक सय अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।