मलेसियाबाट आएको विमान अवतरण हुन सकेन



काठमाडौं ।
मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान फर्किएर कोलकाता अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए-४१६ विमान अहिले कोलकातामा अवतरण गरेको हो ।