सभामुख घिमिरेको शपथ ११ बजे



काठमाडौं ।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै उनले मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर १२ः ३० बजे पदबहाली गर्ने कार्यक्रम तय भएको छ ।