ललितपुरको एक कागज गोदाममा आगलागी



काठमाण्डौं ।
सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित एक कागजको गोदाममा आगलागी भएको छ ।
उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो।
चार वटा दमकल, प्रहरी लगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको एसपी प्रविण पोखरेलले बताए।