आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन


  • आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन
  • काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका आचार्यको आज निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुराकानी गरेकी थिइन् ।
    आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै मृत्युको बाटो रोजेको बताएका थिए । आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *