उच्च सैनिक अधिकृत शाही जंगीअड्डामा २४ दिनदेखि थुनामा


काठमाण्डौं ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत (नेपाली सेनाका उपरथी प्रेम शाही) ‘गुपचुप’ थुनामा छन् ।
उनलाई कुन कसूरमा थुनिएको हो भन्ने सेनाले हालसम्म स्पष्ट बोलेको छैन । न उच्च सैनिक अधिकृत शाहीलाई आफन्तहरुसँग सहज भेट दिइएको छ, न यसबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले नै मुख खोलेका छन् ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले उनीविरुद्ध ‘आर्थिक सुशासन उल्लंघन’बारे छानबिन भइरहेको बताए । तर, उनले नेपाली सेनाको कुन युनिटमा काम गर्दा शाहीले के आर्थिक अनुशासन उल्लंघन गरे भन्ने बताएनन् ।
-पूर्वसैनिक अधिकृतहरु भन्छन् : नेपाली सेनामा अझै प्रजातन्त्र आएन । Onlinekhabar