इराकी अदालतद्धारा १४ जनालाई मृत्युदण्ड



बगदाद ।
इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले बिहीबार १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७ सय जना इराकी सैनिक मारिएका थिए ।
यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।
उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।