अवैध लागुऔषधसहित दाङमा दुईजना पक्राउ



काठमाडौं ।
दाङको घोराही उपमहानगरपालिका–१५, थारु गल्लीबाट अवैध लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र उनका छोरा २२ वर्षीय राजु केसी रहेका छन् ।
उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९३० मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६१० रूपैयाँसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।