सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री सकारात्मक



काठमाडौं ।
काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका अनुसार प्रचण्डले सुकुम्वासी बस्ती हटाउने विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने बताएका छन् ।
यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
बालेनले यसअघि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् ।
उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।