आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला



काठमाडौं ।
आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।
लघुवित्तले आज माघ १६ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता सेयर निष्कासन हुनेछ ।
सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।