सन्दिपको निलम्बन फुकुवा भएसंगै क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला



काठमाडौं ।
नेपाल क्रिकेट संघ(क्यान)ले नाबालिग बलात्कार आरोपमा थुनामा परेका पूर्वकप्तान सन्दीप लामिछानेमाथि गरेको निलम्बन फुकुवा गरेको छ ।
मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको छ ।
गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।