टेकेन्द्र मल्ल, नेपालगंज
करिव तीन महिना अघि सम्म आन्तरिक तथा वाह्य पर्यटकहरुसंग रमाइरहेको मुगुको 'रारा ताल' लकडाउगसंगै एक्लो छ । सुन्दर छ, सुनसान अनि शान्त छ । केवल पर्यटकको पर्खाइमा छ । 'रारा ताल' मात्र हैन पर्यटन व्यावसायलाइ प्रवर्धन गर्न लाखौ लगानीमा होटल व्यावसाय गरी बसिरहेका व्यावसायीहरु पनी पर्यटकको पर्खाइमा छन । चाडै लकडाउन खुल्ने आशामा छन । पहिले झै आफ्नो क्षेत्रमा आउने पर्यटकलाइ स्वागत गर्न आतुर छन ।

प्रकृतिसंगै रमाउन अनी मनोरन्जन गर्न देश तथा विदेशवाट हजारौको संख्यामा रारा पुग्ने पर्यटकहरु नोवेन कोरोना भाइरसको महामारीसंगै रोकिएका छन । लकडाउन खुल्ने प्रतिक्षामा छन । मनमोहक दृश्य र सुन्दर प्रकृतिले भरिपुर्ण भएर होला रारा पछिल्लो समय पर्यटकको गन्तव्य बन्दैछ भने मुगु वासीहरुको आयस्रोत ।

जो कोहिको सजिलै मनै लोभ्याउने मुगुको 'रारा ताल' साच्चिकै एक्लै छ । प्रकृति जस्तै शान्त छ । 'रारा ताल' पुग्न सदरमुकाम गमगडी वाट गाडी र पैदल गरी १ घण्टा ३० मिनेट लाग्छ । पैदल मात्र हिड्ने पर्यटकको लागी भने ३ घण्टा लाग्ने होटल व्यावसायी रामकृष्ण मल्ल वताउछन । चैत, वैशाख को समय पर्यटकको भिड हुने र राम्रो आम्दानी हुने सम्झदै व्यापारमा लकडाउनने ठुलो असर गरेको वताउछन ।

यतिवेला 'रारा ताल' एक्लै छ । लकडाउन खुल्ने पर्खाइ संगै पर्यटकको प्रतीक्षामा छ । सुन्दर 'रारा ताल' का केही तस्वीरहरु