कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ



झापा ।
कामना सेवा विकास बैंकको चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नेपाल राष्ट्र बैंक हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले यसबारे अनुसन्धान गरिरहेको छ ।