विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य



काठमाण्डौ
सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् ।
क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष...आज..जुन ३, १९७३...!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्यो भने हामी (जया) केही अरू साथीहरूसँग पहिलो पटक लन्डन घुम्न जाने योजना बनाएका थियौँ । मेरो बुबाले कोको जाने भनेर सोध्नु भयो । मैले जब सबै जाने साथीहरूको बारेमा भनेँ, तब बुबाले पहिला मैले ऊ (जया) सँग विवाह गर्नुपर्छ भन्नुभयो । नभए जान पाउँदैनौ भन्नुभयो । र मैले उहाँको कुरा मानेँ ।”
यही कारण अमिताभले हतार–हतार जयासँग विवाह गर्नुपरेको बताए । अमिताभ र जया जन्जिर, अभिमान, चुपके चुपके, मिली र कभी खुसी कभी गम लगायतका चलचित्रमा सँगै काम गरेका छन् ।