गृहमन्त्री नपाए रास्वपा सरकारमा नजाने
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारमा जाने नजाने बारे छलफल नगरेको बताइएको छ ।
बैठक पछि सञ्चारकर्मीहरुसँग रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सरकारमा जाने नजाने विषयमा छलफल नभएको बताए । उनले सहमति बन्नसकेमा भने सरकारमा जान सकिने बताएका छन् ।
गृह मन्त्रालय आफ्नो भागमा परेकोले पार्टी सरकारमा सहभागि बने उक्त मन्त्रालय आफूले पाउनुपर्ने रास्वपाको माग छ । रास्वपाका रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।