मधेश प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरोध



जनकपुरधाम ।
नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ । बुधबार संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा कांग्रेसले बैठक अवरोध गरेको हो ।
संसदीय दलमा अतिथिलाई मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ ।
सभामुख रामचन्द्र मण्डलले भने पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने कि नदिने भनेर प्रश्न गरेका थिए । कांग्रेसको अवरोधपछि केही समयका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।