बलिउडलाई उकास्न पारिश्रमिक कटौतीका लागि माधुरी पनि तयार



काठमाण्डौ
बलिउड चलचित्र निर्माताहरूको सहयोग स्वरूप अभिनेत्री माधुरी दीक्षित पारिश्रमिक कटौतीका लागि तयार भएकी छन् । लकडाउनका कारण थला परेको बलिउड इन्डस्ट्रिलाई उकास्न बलिउड कलाकारहरू अघि बढिरहेका क्रममा माधुरीले पनि सहयोगको हात अघि बढाएकी हुन् ।
हालै एक भारतीय मिडियालाई दिएको अन्तवार्तामा माधुरीले यस कुराको जानकारी दिएकी हुन् । मिडियासँग कुरा गर्दै उनले निर्माताहरूको सहयोगका लागि आफ्नो पारिश्रमिकमा कटौती गर्नुपरे पनि तयार भएको र चलचित्र क्षेत्रलाई पुनः बलियो बनाउन सबैले सहयोगी हात अघि बढाउनु पर्ने कुरामा पनि जोड दिएका हुन् ।
माधुरी अघि तापसी पन्नु र कार्तिक आर्यन पनि पारिश्रमिक कटौती गर्न तयार भइसकेका छन् । २ महिना लामो लकडाउनका कारण स्थगित छायांकन पुनः सुचारु गर्न महाराष्ट्र सरकारले अनुमति दिएसँगै अब भारतमा महामारीका बीच पनि सावधानी अपनाएर चलचित्र र टिभी शृङ्खलाको छायांकन सुरु हुने भएको छ ।
(नवभारत टाइम्स)