नेपालगन्ज : आज फागुन ७ गते, अर्थात् प्रजातन्त्र दिवस । देशभर ७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ।
यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको नेपालगन्ज स्थित नेपाल-भारत सिमा नाका ( जमुनाह नाका) सरसफाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जमुनाह नाका सरसफाइ गरिएको हो।

उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल लगायतको पनि सहकार्य रहेको थियो। सिमा नाकामा भएको अनावश्यक फोहोरलाई सफा गरेपछि हाल जमुनाह नाका सुन्दर देखिएको छ।