देशको प्रमुख बनेँ भने सबैलाई अनिवार्य श्रम गराउने छु : हर्क साङपाङ



काठमाडौं : धरानका मेयर हर्क साङ्पाङले आफू देशको कार्यकारी प्रमुख बनेको खण्डमा सबैलाई अनिवार्य श्रम गराउने बताएका छन् ।
उनले आइतबार एक स्टाटस लेख्दै सो कुरा बताएका हुन् । त्यति मात्रै नभएर अनिवार्य श्रम गरेबापत जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने समेत बताएका छन् ।
'कोही कसैले फोकटमा घुमेर,गफ लडाएर भात खान पाउने छैन', उनेल स्टाटसमा उल्लेख गरेका छन् , 'अधिकार सबैलाई बराबर दिइनेछ। कोही कसैबाट कुटिन र लुटिन पर्नेछैन।'
उनको उक्त स्टाटसमा हजारौंले समर्थन जनाएका छन् । हजारौंले उक्त स्टाटस साझा समेत गरेका छन् । हर्क जस्तो नेता देशलाई खाँचो रहेको पनि धेरैको प्रतिक्रिया छ।