नायिका मनीषा कोइराला काठमाडौंमा,१४ दिनको क्‍वारेन्टाइन बस्ने


  • नायिका मनीषा कोइराला काठमाडौंमा,१४ दिनको क्‍वारेन्टाइन बस्ने
  • काठमाडौं बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छिन् । रूपन्देहीको बेलही नाका हुँदै मनीषा मंगलबार बिहान नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेको थियो । उनी मंगलबार साँझै काठमाडौं आएकी हुन् । मनीषा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने स्रोतले जानकारी दियो । “१४ दिनको क्वारेन्टाइन अवधि सकिएपछि मात्रै उहाँ (मनीषा) सञ्चारमाध्यमसँग बोल्नुहुनेछ । त्यसैले अहिले उहाँ सार्वजनिक हुन चाहनुभएको छैन,” स्रोतले भन्यो । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको समर्थनमा उनले ट्विट गरेसँगै भारतीय सञ्चारमाध्यमले उनको चर्को विरोध गरेका थिए । उनलाई भारतको खाएर चीनको बखान गरेको भारतीय सञ्चारमाध्यमले आरोप लगाएका थिए । नेपालले भारतले मिचेको भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि मनीषाले ट्विटरमा “हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकामा धन्यवाद । अब हामी तीन महान् देशबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं,” लेखेकी थिइन् । उक्त प्रतिक्रिया दिँदा मनीषा मुम्बईमै थिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *