करिब ४५ जना सवार बस पोखरामा दुर्घटना



पोखरा ।
आज (आइतबार) कास्कीको पोखरामा बस दुर्घटना भएको छ। कास्कीको ताल्चोकबाट पोखरा गएको बस आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएको छ।
ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हुंदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ।
दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।