विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ



विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। सोमबार बिहान थाईल्याण्डबाट फर्किंदै गरेका उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध उजुरी दिएका थिए । रेग्मीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोप लगाइएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया हुने प्रहरीले बताएको छ।
प्रतिलिपि अधिकारको बिषयलाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीच भएको विवादपछि प्रमोदलाई साथ दिने अन्य दर्जनौँ कलाकारहरु माथी समेत रेग्मीले नकारात्मक टिप्पणी गर्दै आएका थिए।