प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त


  • प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त
  • काठमाडौँ
    कपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन्। डा. रुपक पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन।

    प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएका हुन्। सापकोटाले चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए।



  • डा. सापकोटाले नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *