चरणचरणमा गरेर लकडाउन खोलिने



काठमाडौं
सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारले पहिलो चरणमा आर्थिक क्रियाकलाप, त्यसभित्र बैंकिङ तथा वित्तीय कारोबार, कृषि उत्पादनसँग जोडिएका, अत्यावश्यक सेवाका, स्वास्थ्यसँग गाँसिएका र राहतका क्षेत्र खुला गर्ने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालयको प्रोटोकलको पालना गर्दै यी क्षेत्र खुला गर्ने तयारी गरेको बताए । सम्भवतः असार १ गतेदेखि यो चरण लागु हुनेछ । बिँडारीले पनि उच्चस्तरीय समन्वय समिति छलफलको चरणकै रहेको मोडालिटी परिपक्व नभइसकेको जानकारी दिए । क्रोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले पनि यही मोडालिटी प्रस्ताव गरेको थियो ।