पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा


  • पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा
  • नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् ।

    पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । उनीहरु मिल्ने साथी समेत । पलको उक्त प्रकरणमा पूजाले खुलेर समर्थन गर्दै आइरहेकी छिन् ।



  • करिब एक वर्ष अगाडी पल शाह नाबालिग बालत्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्धामा पललाई बलत्कार ठहर नगरेपनि बाल यौन दुराचारमा भने सजाय दिएको छ । उनलाई साढे दुई वर्षको सजाय तोकिएको छ ।

    तर, जिल्ला अदालतको फैसला विरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका छन् । उता तनहुँ जिल्ला अदालतले भने बलात्कारको मुद्धामा सफाइ दिइसकेका छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *