काठमाडौं ।
उमेर विवादमा परेका डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआईजी सिंहले आज बुधबार राजीनामा दिएका हुन् ।

हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका रुपमा प्रमुख सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । तर, प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ उल्लेख छ ।

यसअघि सिंहले प्रतिसोधका आधारमा जन्ममिति सम्बन्धी विवादमा आफूलाई दाबी गर्दै आएका थिए । सिंह एआईजीमा बढुवा हुने लाइनका मध्ये एक थिए । यस पटक एआएजी हुनेहरुबाटै आईजीपी बन्ने सम्भावना थियो । तर, सिंह भने भावी आईजीपीको लाइनबाट यस घटनाक्रमबाटै बाहिरिने सम्भावना रहेको छ ।
सिंहले बुझाएको राजीनामा अब गृह मन्त्रालय पुग्नेछ । मन्त्रालयले आवश्यक छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउने छ ।