वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान प्रस्थान



  • काठमाडौं ।

    वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान गएका छन । म्याराथानको सफल आयोजना गरिसकेका ठकुरी यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वर्ल्ड कंग्रेसमा भाग लिन गएका हुन । मंगलबार नेपालगन्ज म्याराथानको नेपाल रनिङ विमोचन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ठकुरीलाई जापानको लागी विदाई गरे ।



  • वर्ल्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने कार्यक्रमका लागि विदाई गर्दै राखेपका सदस्य सचिव घिसिङले नेपालको नाम अन्तराष्ट्रिय स्तरमा उच्च राख्ने काम गरेर फर्कनका लागी शुभकामना दिए । कार्यक्रममा पूर्व सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, शसस्त्र प्रहरीका पूर्व महानिरक्षक शैलेन्द्र श्रेष्ठ, ओलम्पियन रघुराज वन्त, नेपाल पयर्टन बोर्डका पूर्व सिइओ दीपकराज जोशी र राखेप सदस्य अन्जुनाथ धमलाले संयुक्तरुपमा नेपाल रनिङको विमोचन गरेका थिए । 

    नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ । नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, सहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा पनि चर्चा गरिएको छ । प्रकाशनका मा केहि अंश नेपाली र केहि अंश अंग्रेजीमा रहेका छन् । मंसिर २४ गते आयोजना भएर पहिलो पटक इलोक्ट्रोनिक चिप्स प्रयोग गरिएको आठौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्गबहादुर खड्काले जितेका थिए । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *