बुटवल ।
बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।
गए राति मिलनचोकमा लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।