काठमाडौं : नायक तथा मोडल पल शाह रिहा भएका छन् । पल आज सोमबार रिहा भएका हुन् ।नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका थिए।
रिहा भएपछि पल खुशी देखिएका छन् । हजारौं शुभचिन्तकले मुद्दा जितेकोमा बधाई दिएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् ।

दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।