थप २१३ संक्रमित थपिएसंगै, संक्रमितको संख्या तीन हजार ४४८ पुग्यो



काठमाडौं
नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ सय १३ जना संक्रमित थपिएका हुन्।
जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् ।
देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । देशभरका विभिन्न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।