काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पार्टीको चुनाव चिह्न फेरिएको बताए । 'गोलाकार हटाएका छौँ । अब चुनाव चिह्न घण्टी मात्र रहन्छ,' उनले भने ।

यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न थियो । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।