काठमाडौं । राष्ट्रपति निर्वाचनमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् ।
नेकपा एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरास्थित रास्वपा कार्यालय पुगेका हुन् । उनले रास्वपाका नेताहरुसँग गर्न राष्ट्रपति निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए ।
राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन् ।