नेपालगन्ज : शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नेपालगन्जको सनविम माध्यमिक विद्यालयले आफ्नो २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।
हरेक वर्षझै यस् वर्षपनि विद्यालयले शनिबार धुमधामका साथ विद्यालय प्राङ्गणमा वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको हो।
सनविमका संचालक तथा अध्यक्ष चेतप्रसाद चापागाईंको सभापतितब रहेको वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल रहेका थिए।
त्यस्तै, विशिष्ट अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक सुमन गौतम, धम्बिझी माविका प्राध्यापक वामदेव सुवेदी र प्यावसन बाँकेका अध्यक्ष यम रावत रहेका थिए।

विहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए। कसैले नृत्य प्रस्तुत गरे। कसैले आफ्नो गायन कला प्रस्तुत गरे त कतिपयले आफ्नो भनाइ समेत स्टेजमा गएर प्रस्तुत गरेका थिए।
वार्षिकोत्सबलाई झकिझकाउ बनाउन विद्यालयलाई गेटबाटै सजाइएको थियो। गेटको दायाँतिर विद्यार्थीहरुले फुड स्टल राखेका थिए। आफुले पढेको कुरालाई व्यवहारमा उतार्ने मनसायले फुडस्टल राखिएको विद्यार्थीहरुले बताए।
फुडस्टलमा विद्यार्थीहरुले आफुले पकाएका परिकार राखेका थिए। वार्षिकोत्सब कार्यक्रममा आउने पाहुना एवम् अभिभावकहरुले फुडस्टल भिजिट गर्दै परिकार समेत चाखेका थिए।
कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, पत्रकार लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। वार्षिकोत्सबका केही तस्वीरहरु यस्ता छन् :-




