डोटी । डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले सिलीन्डर ग्यासमा आगलागि नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा दिपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सचेतनामुलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो ।
खाना पकाउने ग्यास सिलिन्डरमा आगलागि भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागि सम्बन्धी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताए ।
कृतीम घटना अभ्यासमा सिलीन्डर ग्यासमा आगलागि भएपछिको अवस्था र आगलागि पश्चात गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । प्रक्रीया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरु हेर्दा साच्चीकै सिलीन्डर ग्यासमा आगलागि भए जस्तो आभाष भएको कृतिम घटना अभ्यासमा सहभागि स्थानियहरुले बताएका छन् ।