नेपालगन्ज : बाँकेको कोहलपुर मदनचोक स्थित मेडिकलले शनिबार 'डाक्टर डे'को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
मदनचोक वरपरका स्थानीयलाई सेवा दिने उद्देश्यले १ दिन स्वास्थ्य शिविर आयोजना गरिएको मदनचोक मेडिकलका संचालक शिशिर सापकोटाले बताए।
शिविरमा नि:शुल्क छाला रोग र सुगर चेकजाँच गरिएको थियो। भेरि अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ छाला राेग विशेषज्ञ चिकित्सक डाक्टर अनिशा उप्रेतीद्वारा ८५ जना बिरामीहरुको चेकजाँच गरिएको थियो।
चेकजाँच पश्चात् नि:शुक्ल औषधि समेत वितरण गरिएको थियो। उक्त शिविरमा ४५ जना स्थानीयले नि:शुक्ल सुगर परिक्षण सेवा समेत लिएका थिए।
नि:शुल्क सेवा लिनपाएछि स्थानीयहरु निकै खुशी देखिन्थे। जे होस्, मेडिकल स्थापना भएको छोटो समयमै मदनचोक मेडिकलले समाज सेवालाई पनि निरन्तरता दिइरहेको छ।